Section 25
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य प्रचलित अन्य कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत मुद्दा दायर गर्न सकिनेछ ।
(२) प्रचलित कुनै कानून अन्तर्गतको कसूरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसूर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनु पर्नेछ ।
(३) अनुसन्धानको क्रममा सो कसूरका सम्बन्धमा प्रचलित कानून बमोजिम समेत मुद्दा चल्ने र सजाय हुने देखिएमा विभागले सोको जानकारी सो मुद्दाको प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्ने अधिकारीलाई समेत दिनु पर्नेछ ।